धनुषाको विदेह नगरपालिका वडा नं. १,४,५ र महोतरीको भंगहा नगरपालिका १,२,४ मा करुणा सेसनको सहयोग परिवार कल्याण संघ (ऋँध्ब्) धनुषाद्वारा वडा स्तरीय विवाहित अविवाहित किशोरीहरुको समुह गठन गरिएको छ । समुहमा १ सय २० जना किशोरीहरुको सहभागिता रहेको संघका कार्यकारी निर्देशक मिथिलेश साहले बताएका छन । समुहमा प्रजन्न स्वास्थ्य र शिक्षा वारे विस्तृत रुपमा छलफल भएको भने राम्रो स्वास्थ्य , राम्रो भविषय सहितका चार वटा उद्देश्य राखी समुदायमा चेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको संघका कार्यक्रम संयोजक रामानन्द यादवले बताएका छन । शिक्षा र जनचेतनाको माध्यमबाट कुपोषण न्युनीकरण , बालविवाह बाल गर्भावस्था कम गरी मर्यादित मातृत्वको प्रोत्साहन गर्ने सहितका कार्यहरु संस्था गर्दै आएको संघका कार्यकारी समितिका सचिव लक्ष्मेश्वर मंडलले बताएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *