राहुल कुमार सिंह
अषाढ २९
लगातारको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । वर्षाका कारण सडकहरुमा पानी जमेको छ भने नालाको व्यवस्थित निकास नभएका कारण फोहर पानी नगरवासीहरुको घरमा छिरेको छ ।


जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का सयौं घर डुबानमा परेका छन । पानीको राम्रो निकास नभएका कारण उतm वडाका स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन । करिब ३ दर्जन घर नै खाली गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीयहरु घर खाली सुरक्षित गणतव्यतर्फ प्रस्थान गरेका छन ।

नालाको पानी निकास नभएका कारण घर घरमा पानी पसेको छ । ढल व्यवस्थापन नभएकै कारण पानीको बहाव रोकिएको छ । यता नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिका अध्यक्ष एवम जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी मनोज साहले उतm वडाको अवलोकन गरेका छन ।

नगरको विभिन्न वडा पुगी साहले नगरवासीहरुको समस्या बुझी नगरको समस्या समाधानका लागि नगर कमिटि सरोकारबला निकायहरुलाई ध्यानाकृष्ट गराईएको बताएका छन ।

वर्षायामको समयमा नगरवासीहरुलाई विभिन्न समस्या पर्ने भएकोले सहायतामा जुटन नगर कमिटि लगायत नगरका सबै वडाका नेका नेता कार्यकर्ताहरुलाई उनले आग्रह गरेका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *