विदेह नगरपालिका वडा नं २ को नेपाली काँग्रेस पार्टी वडा कार्यलय शुक्रबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । विदेह २ मा अवस्थित दुहबीमा रहेको भवन भाडामा लिएर वडा कार्यालय स्थापना गरिएको वडाध्यक्ष श्रवण कुशियैतले जानकारी दिएका छन्। कार्यालयको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय उप सभापति विमलेन्द्र निधिले रिवन काटेर गर्नुभएको छ। पार्किंग शुविधा सहितको दुई कोठे भवन मासिक दुई हजार दुई सय तिर्ने गरि भाडामा लिएर वडाको दैनिक प्रशासनिक कामको तयारी गरिएको छ । वडा सभापति राजेन्द्र झाको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय उप सभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा विदेह नगरपालिका मेयरको प्रत्याशी प्रेमचन्द्र झाले स्वागत मन्तव्य राख्नु भएको थियो। उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि निधिले भन्नु भयो यस वडा वासीको सेवा सुविधालाई मध्ये नजर गर्दै यस वडामा कार्यलयको स्थापना गरिएको हो। यस वडा कार्यलयले आफ्नो भूमिका निर्वाह गर्ने सुझाव सहितको शुभकामना मन्तव्य राख्दै , म पूर्ण विश्वस्त छु कि यस वडाका अध्यक्ष संगै सदस्यहरुले यस वडा वासीलाई सहज तथा प्रभावकारी तवरले सेवा सुविधा प्रवाह गर्ने छन्। सम्पूर्ण वडावासी लगायत अध्यक्ष तथा सदस्यहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

उद्घाटन समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादब, नेपाली काँग्रेसका जिल्ला सभापति महेश शंकर गिरी, पुर्व सांसद मुक्ता यादब, विदेह नगरपालिका मेयरको प्रत्याशी प्रेमचन्द्र झा, वडा अध्यक्ष श्रवण कुशियैत, बिल्टु राय,जुम्राती नदाफ लगायतको उपस्तिथी रहेको थियो ।
