राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा शुक्रवार ७१ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै लोहारपटटी नगरपालिकाले एक समारोहका बिच प्रजातन्त्र दिवस मनाएको छ । नगरप्रमुख शैलेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद महेन्द्र मिश्र रहेका थिए । कार्यक्रममा उपप्रमुख सरिता शर्मा , कार्यालय प्रमुख बिनोद यादव , नेवि संघका नेता रोशन कुमार ठाकुर , सुशिल कुमार यादव सहितका व्यतिmहरु रहेका थिए ।

कार्यक्रमको उदघोषण जयकृष्ण मिश्रले गरेका थिए । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि. सं. १९९७ माघमा जीवन आहुति दिएका थिए । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुवात भएको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *