घर घर जाऔँ कांग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर समितिले उपमहानगरपालिकाको वडा नम्बर १७ को मनहरपुर र वेलौनी टोलमा घर घर पुगी कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन । स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका हुन । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने घर घर जाऔँ कांग्रेस जिताऔँ अभियान शुरु गरेको छ । अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर समितिका सभापति एवम् मेयरका प्रत्यासी मनोज कुमार साहले जानकारी दिएका छन । कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मुक्ता कुमारी यादव, जिल्ला सचिव कन्हैया कुमार कर्ण,जिल्ला सदस्य द्वय सुजिता देवी पासवान र सरस्वती मण्डल, पूर्व नगर सभापति धीरेन्द्र मोहन झा,नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष बिरेन्द्र यादव, सदस्य कामेश्वर यादव, क्षेत्र नम्बर २,३, र ४ का महाधिवेशन प्रतिनिधि लगायत सयौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *