जेठ २२
नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादवले वर्तमान सरकार लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको बताएका छन । उनले जनताको हितमा सरकार केही गर्न नसकेको आरोप लगाए । बुधवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ स्थित गोबिन्दपुरमा शहिद ठाकुर प्रसाद ढुंगानाको ५६ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता यादवले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए ।


वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै यादवले हालसम्म निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्यान नसक्नु यसको उदाहरण रहेको बताए । शहिद ठाकुर प्रसाद ढुंगाना स्मृति प्रतिष्ठानका अध्यक्ष रामवृक्ष मंडलको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले पार्टीभित्रको अन्तरद्वन्द्वका कारण गत निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन र वर्तमान सरकारको अधिनायकवाद र दम्भलाई परास्त गर्न कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको बताए ।
नेपाली कांग्रेसले नै देशमा विकासको लहर ल्याएको र कांग्रेस नै संविधान संशोधनको मुद्दा समेत अगाडि बढाउने बताए । आउने निर्वाचनमा कांग्रेसलाई नै जनताले विश्वास गर्ने बताउंदै उनले लोकतन्त्रको रक्षाको लागि कांग्रेस सदैव अग्रसर रहेको बताए ।


उनले आफूलाई मधेसवादी भन्ने उपेन्द्र यादव र महन्थ ठाकुरले आआफ्नो पार्टीको नामबाट मधेस शब्द हटाएर मधेसका जनताप्रति बेइमानी गरेको बताए ।
कार्यक्रममा पुर्व सभासद शिवधारी यादव , नेपाली कांग्रेसका उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , जनकपुरधाम नगर सभापति मनोज साह , पुर्व जनकपुरधाम नगर सभापति धिरेन्द्रमोहन झा , नविन गोहिवार सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वतmाहरुले शहिद ठाकुर प्रसाद ढुंगानाले देशका लागि दिएको योग्दान अविश्मरणीय रहेको बताउंदै उनको योगदानको जति वर्णन गरेपनि कम हुने बताएका छन । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता बलराम नायकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *