नेपाली काँग्रेस जनकपुरधाम नगर समितिले लोकतन्त्रको अथक योद्धा जिउँदो शहिदको रुपमा परिचित अरबिन्द ठाकुरको सातौं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । नगर सभापति मनोज साहको अध्यक्षतामा बुधवार भएको सो कार्यक्रममा वतmाहरुले लोकतन्त्रको स्थापनामा स्व. ठाकुरको योगदान अविष्मरणीय रहेको बताए ।
पुर्व सांसद महेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न सो श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव , , पुर्व सांसद मुतmा यादव, नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय अध्यक्ष कन्हैया कर्ण , , महासमिति सदस्य दिगम्बर राय , प्रफुल्ल राज घिमिरे ,जिल्ला सदस्य गणेश झा , अनिता श्रीवास्तव ,उमेश साह ,प्रभावशाली युवा नेता प्रवेश चौधरी, अंजनी झा , शम्भुनाथ झा , वरिष्ठ पत्रकार रामभरत साह ,पुर्व नगर सभापति धिरेन्द्र मोहन झा, पंकज महतो सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर समितिले स्व. ठाकुरको पत्नी मंजु ठाकुर र छोरा राहुल ठाकुरलाई सम्मान गरेको थियो ।
वि.सं. २०१७ सालमा विवाहपंचमीको क्रममा तत्कालीन राजा महेन्द्रको सवारी रहेको समयमा नेपालमा बहुदलीय प्रजातन्त्र र गणतन्त्र स्थापना गर्न नेपाली कांग्रेसको सशतm आन्दोलनको क्रममा जिउंदो शहिद अरबिन्द ठाकुर बम सहित विमानस्थलमा समातिनु भएको थियो र सोही दिन शहिद दुर्गानन्द झाद्धारा राजामाथि जानकी मन्दिरमा बम प्रहार गरिएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *