लिचीले बजार नपाएपछि पाल्पाका किसानहरु चिन्तित बनेका छन् । ३ वर्षदेखि एउटै मूल्यमा लिची बेच्न बाध्य किसानहरुले बजारमा सामानको मूल्य आकाशिएको तर लिचीको मुल्य भने ३ वर्षपछि पनि बढ्न नसकेको रम्भा गाउँपालिकाकाका किसान स्वतन्त्रदेव पन्तको भनाइ हो ।

पन्तको घरमा अहिले २ सय वटा लिचीको बोट हो । ३ वर्ष देखि ५० रुपैयाँदेखि ६५ रुपैयाँ किलोको दरमा बुटवल पोखरा लगायतका बजारमा बिक्रि गर्दै आउनुभएको पन्तले यस वर्ष निषेधज्ञाका कारण त्योपनि बिक्रि गर्न नपाएपछि समस्यामा परेको गुनासो गर्नुहुन्छ । रम्भा गाउँपालिका लिचीको पकेट क्षेत्रको रुपमा चिनिन्छ । गाउँपालिकाको वडा नम्बर १ मा ८ सय घरपरिवारले लिची खेती गर्दै आएको हो । तर, लिची बिक्रि हुन नपाउँदा बोटमै कुहिन थालेको किसानहरु ब्ताउनु भएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *