लमजुङ केन्द्रबिन्दु भएर बुधवार बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेका ८५ वर्षका एकजना वृद्धा घाइते हुनुभएको हो । घरको गारो भत्किँदा उहाँ घाइते भएको र उपचार भइरहेको लुइँटेलले बताउनुभयो । लमजुङको भुलभुले केन्द्र रहेर बुधवार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो । भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लामा समेत महशुस गरिएको थिऐ । भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन् । केही स्थानमा सुख्खा पहिरो पनि गएको हो । भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थियो । भूकम्पले के कति क्षति भयो भन्ने पूर्ण विवरण भने आईसकेको छैन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *