लगातार परेको पानीका कारण रुपन्देहीको देवदह क्षेत्रको विभिन्न स्थानमा क्षति पुगेको हो । बर्षायाम शुरु भएसंगै आएको पानीका कारण देवदहको विभिन्न क्षेत्र डुवानमा परेको छ । बाढीले घोेडाहा खोला, भलुही खोला, कचरार खोलामा आएको बाढीले देवदहको धेरै गाउँ वस्ती डुवानमा परेको हो ।

गाउँ पूर्णरुपमा डुवानमा पर्नुको साथै सामग्रीहरु समेत बगाएर लगेको स्थानीयवासीहरुले बताएका छन् । लगातार आएको बर्षाका कारण देवदह–६, मा एक घर पूर्णरुपमा डुवानमा परेपछि अन्यत्र वस्न वाध्य भएको हो । स्थानीय जीवन श्रेष्ठको घरमा बाढी पसेपछि अरुको घरमा आश्रय लिएर बसेको देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिनु भए । यसैगरी देवदह–५, खैरेनीमा रहेको लोकेश्वर मन्दिर पनि डुवानमा परेको । अधिकांश ठाउहरुमा पानीको निकास नहँुदा डुवानमा परेको देवदह–५, का वडासदस्य सिन्धुपाल्चोकमा बाढी पहिरो क्षतीको विवरण लराज विकले बताउनुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *