नेपाल रेलवे कम्पनीले आजबाट ६० जना कर्मचारीहरूलाई तालिम दिने भएको छ । कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आजदेखि ६० कर्मचारीलाई रेल सञ्चालनका लागि तालिम दिइने बताएका छन । कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गर्नुभएको १ सय ५० जनाको नियुक्ति खारेज गरी ६० जना नयाँ कर्मचारी नियुक्त गरिएको छ ।

जसमा २६ भारतीय र ३४ नेपाली कर्मचारी रहेका छन् । उनले १४ जना भारतीय कर्मचारी नेपाल आइपुगेको र अरू कर्मचारी आज आइसक्ने जानकारी दिएका छन । उनका अनुसार लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट गरी तत्काल ६० कर्मचारीले काम गर्नेछन् । प्रत्येक स्टेसनमा एक÷एक टिकट काट्ने कर्मचारी, २२ जना गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारीहरू नियुक्त गरिएको छ । साढे चार लाख टिकट पनि जनकपुर आइसकेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *