२२ असोज, काठमाडौं । रेल्वे विधेयक २०७८ फिर्ता लिन प्रतिनिधिसभाले राष्ट्रियसभाको अनुमति माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ता लिन राष्ट्रियसभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका छन् । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत ग¥यो र विधेयक फिर्ताको लागि राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पारित ग¥यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकारीहरुका अनुसार अध्यादेश ल्याउन सरकारले यो विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *