जनकपुरधाम : रेल सञ्चालन नभएपछि कर्मचारी फुर्सदिला बनेका छन् । रेल्वेका कर्मचारी एसीको चिसो हावा खादै गफिएर तलब थापेको पाइएको छ । नेपाल रेल्वे कम्पनीका जनकपुरधामस्थित कार्यालयका कर्मचारी कामै नगरी घर हाजिरी गरेर तलब थाप्दै गरेको हो । विवादित बनेका रेल्वेका महाप्रवन्धक गुरु प्रसाद भट्टराईकै लाइनमा कर्मचारीहरु व्यवहार गरेको देखिएको छ । जनकपुरधामस्थित रेल्वे कम्पनीको कार्यालयमा पुग्दा जनकपुरधामका जिम्मेवारी सम्हालेका केवल नेपाली भेटिए । तर, उनलाई कार्यालय बारे कुनै जानकारी नरहेको पाइयो । उनले आफुलाई कुनै पनि विषयमा केहि थाहा नरहेको बताए । जानकारी चाहियो भने काठमाण्डुस्थित कार्यालयमा सम्पर्क राख्न भन्दै उनी पन्छिए ।
रेल्वेका कर्मचारी शाखामा ताल्चा लगाए स्टेशनमा हवा खादै भेटिए । जनकपुरधामको रेल्वे स्टेशन भरीभराउ देखिए पनि दजर्नौ कोठा मध्ये कुन कोठामा रेल्वे कम्पनीका कर्मचारीहरु बसेका छन् झटै हेर्दा वुझन सकिदैन । रेल्वेको जनकपुरधामस्थित कार्यालय सम्हालेका केवल नेपालीसँगै कम्प्युटर अपरेटरहरु पनि देखियो ।
नेपाल रेल्वेलाई विरवलको खिचडी बनाएका तथा मदिरा खाएर धाक धम्की दिएको टेलिफोन सम्वादबाट भाइरल बनेका नेपाल रेल्वेका महाप्रवन्धक गुरुप्रसाद भट्टराई सरकार परिवर्तन संगै उनी निष्क्रिय बनेका छन् । सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
भट्टराईले आचरणविपरीत काम गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले मंगलबार स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ मा रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
पदीय मर्यादाविपरित सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका भट्टराईले नेतृत्व सम्हालेको लामो समय बितिसक्दा पनि अझै रेल सञ्चालनमा आउन सकेको छैन् । भट्टराई महाप्रबन्धक नियुक्त भएदेखि नै विवादित बन्दै आएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *