गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारवाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नु पर्ने व्यवस्था भए अनुसार मिति तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि १४ गतेसम्म आयोगमा निवेदन दिन पनि भनेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *