नेपालमा ६ वर्षमा १ सय ७ वटा गैंडा थपिएको हो । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७ सय ५२ वटा गैंडा हो । यसमध्ये १ सय ३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५ सय २० वटा वयस्क गैंडा रहेको पाईएको छ । सन् २०१५ मा भएको गणनामा नेपालमा ६ सय ४५ गैंडा थिए । सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६ सय ९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा गैंडा रहेको पाइएको हो । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ६ वर्षमा ८९ गैंडा थपिएका छन् भने शुक्लाफाँटामा १० र बर्दियामा ९ वटा थपिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *