राष्ट्रियसभा सदस्यको लागि लुम्बिनी प्रदेशको उपनिर्वाचन सोमबार हुँदै छ । निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले मतदान सोमबार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कर्मचारी मिलन केन्द्र घोराहीमा हुने जानकारी दिएको हो । मतदानका लागी तिन वटा मतदान केन्द्र तयार गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभए । उहाँका अनुसार कोरोना सङ्क्रमण भएका मतदाताहरूलाई पनि चुनावमा सहभागी गराउनका लागि व्यवस्था गरिएको हो । प्रदेश सभा सदस्यका लागि क, स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि ख र कोरोना सङ्क्रमित मतदाताहरुको लागि ग मतदान केन्द्र बनाइएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभए । राष्ट्रिय सभा सदस्य पदका लागि नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसबाट दृगनारायण पाण्डे उम्मेदवार बन्नु भएको हो । काँग्रेसबाट उम्मेदवार बन्नु भएका पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष र जनमोर्चाको पनि समर्थन रहेको हो । लुम्बिनी प्रदेश सभाका ७९ जना र प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी २ सय ९६ जना मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभए । प्रदेशका स्थानिय तह अन्तर्गत एमालेका ९१, काँग्रेसका ६४ , माओवादी केन्द्रका ३९ , जसपाका १३ , जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र चार जना मतदाता रहेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *