प्रतिनिधिसभा विघटन भएको र राष्ट्रियसभाको पूर्ण बैठक नबसेको समयमा राष्ट्रियसभा अन्र्तगतका समितिहरुले भने सक्रियतापुर्वक काम गरिरहेको बताएका छन् । समितिहरुले आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर दैनिक जसो बैठक गर्ने, आवश्यक दस्ताबेज खोज्ने तथा निरिक्षण र अनुगमनका काम गरिरहेको बताएका हुन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले भएका विधेयकहरुमाथीको अध्ययन, कानुननको मापन मूल्याङ्कन लगायतका कामहरु गरिरहेको बताउनुभयो । यस्तै राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको दैनिक जसो बैठक बसिररहेको छ । परेका उजुरीहरु माथी रहेर छलफल गर्ने तथा कानुन अनुसार काम भए, नभएबारे अध्ययन गरि निर्देशन गर्ने काम गरिरहेको समितिका सभापति रामनारायण बिडारीर्ले बताउनुभयो । यस्तै समितिको राष्ट्रिय सरोकार तथा सम्मन्वय समितिले पनि ३ ओटा उपसमिति बनाएर राष्ट्रिय गौरबका आयोजनाहरुको अध्ययन गर्ने तथा अरु समिति अन्र्तगतका नियमित काम गरिरहेको सभापति दिलकुमारी रावल थापार्ले जानकारी दिनुभयो । दीगो विकास तथा सुसासन समितिले पनि क्रियाशिल तरिकाले काम गरिरहेको सभापति तारादेवी भट्टले बताउनुभयो । प्रतिनिधिसभासँगै समितिहरु प्नि विघटन भएको हुनाले पनि राष्ट्रियसभाका समितिहरु गम्भिरताका साथ काममा जुटेका छन् ।
सम्बन्धित खवर

शहिद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालद्वारा होलीको अवसरमा शुभकामना आदान प्रदान

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएकोमा प्रतिपक्षी दलहरूको असन्तुष्टि

विभिन्न ११ देशमा राजदूत नियुक्तिका लागि सिफारिस


ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागी हुने




गण्डकी प्रदेशसभाको बैठक बुधबार बस्दै



