राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि हुन लागेको निर्वाचनमा नेकपा–एमालेका उम्मेदवार रामबहादुर थापालाई मत दिन राप्रपा नेताहरुबीच समझदारी भएको हो । त्यसबारे औपचारिक निर्णय नभए पनि शनिवार भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरुको बैठकमा सो समझदारी बनाइएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् । गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो । थापाले माओवादी दल त्याग गरेपछि सो पद रिक्त भएको हो । सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो । उहाँ अहिले एमालेमा हुनुहुन्छ । एमालेले रिक्त सो पदमा थापालाई नै उम्मेदवार बनाएको हो भने नेपाली काँग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *