नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनयन गरेका छन् । कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवाले सांसद रायमाझीलाई दलको नेतामा मनोनयन गरेका हुन् । देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझीलाई दलको नेतामा मनोनयन गरेको प्रधानमन्त्रीको निजी सचिव केशवराज जोशीले जानकारी दिए । तत्कालीन कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *