अषाढ ७ गते
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ स्थित मा.वि. रामपुरमा आज वृक्षारोपण गरिएको छ । स्थानीय प्रमोद कुमार साहको पुत्र प्राप्तिको अवसरमा छठिहारको दिन पारी विद्यालय हाताभित्र करिब दुई दर्जन रुखहरु रोपिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्यमा भएको सो वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सदस्य रामअशिष यादव , वडाध्यक्ष अशोक चौधरी , नेपाली कांग्रेस सभापति मनोज साह , गौ संरक्षण मंचका अध्यक्ष जगदिश महासेठ , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , वडा सभापति रामेश्वर हाती सहितका व्यतिmहरुले आँप , जामुन लगायतका रुखहरु रोपेका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *