धनुषाको जनकपुरधाम उपमहानगरपालिका जानकीनगर स्थित रामजानकी अस्पतालले एक जना विपन्न विरामीको निःशुल्क उपचार गरेका छन । अस्पतालले धनुषाको विदेह नगरपालिका वडा नं. ३ कर्माहीका बजंरगी ठाकुरको एक वर्षीय छोरा भरोसी ठाकुरको निःशुल्क उपचार गरेको हो । उपचारमा भएको खर्च ७३ हजार ३ सय बराबरको रकम ठाकुर विपन्न परिवारका भएकाले उपचार रकम तिर्न समस्या भएकोले अस्पतालले निःशुल्क उपचार गरेको अस्पताल प्रशासनले जनाएको छ ।


यसअघि पनि अस्पतालले विपन्न परिवारका व्यतिmहरुलाई निःशुल्क उपचार गर्दै आएका छन । अस्पतालबाट निःशुल्क उपचार पाएपछि निकै नै हर्षित भएको छु बालकका बुवा ठाकुरले बताएका छन । ठाकुर एक सप्ताहदेखि अस्पतालमा भर्ना थिए । उनलाई लामो समयदेखि ज्वरो र श्वासप्रश्वासको समस्या थियो । ठाकुरलाई केही दिन एन आई सि यु मा समेत भर्ना गरिएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *