युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको हो । गएराति राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेका छन् । गएरातिको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भए । त्यस्तै राति नै भएको अर्काे खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इङ्ग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इङ्ग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । युरोकपको क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *