१६ औं संस्करणको युरोकप फुटबलमा आईतबारपनि दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आईतबार राति दुई खेलहरु हुन लागेको हो । आईतबार हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छ । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको खेल राति ९ ः ४५ मा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेहो । यस खेलको विजेताले डेनमार्कको सामना गनहो । नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अङ्क जोडेको थिए । चेक रिपब्लिकले भने समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको छ । समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थिए । अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १–० ले पराजित भएको थिए । यस्तै आईतबार हुने अर्को खेल स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीच हुनेछ । यी दुई टोलीबीचको खेल राती १२ ः ४५ मा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छ । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेहो । यसअघि शनिबार भएको खेलमा इटाली र डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको पहिलो प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । शनिबार भएको दोस्रो प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *