१६ औँ संस्करणको युरोकप फुटबलमा आज बिभिन्न चार खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ का दुईदुई खेल हुने हो । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग नेपाली समयअनुसार सोमबार राति ९ः४५ बजे खेल्ने हो । नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको हो ।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया राति ९ः४५ बजे नै प्रतिस्पर्धामा उत्रनेछन् । समूह ‘बी’ मा रहेका बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुन हो । सोमबार फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छन् । यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग राति १२ः४५ बजे खेल्ने हो ।
गएराति भएको खेलमा भने इटाली समूह विजेता युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले भने १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको हो । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *