काठमाडौं विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाएका थिए । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखिएको थियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको थियो । जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौ‌मा सुरक्षित अवतरण गराएका थिए । उनले सुरक्षित अवतरण गराएकै कारण विमानमा तीन बच्चासहित ७३ यात्रु र चालक दलका सदस्यको ज्यान बचेको छ । अहिले जहाज क्याप्टेन शेर्पा एकाएक चर्चामा आएका छन् । उनलाई योग्य क्याप्टेन भन्दै सामाजिक सञ्जालमा धेरैले धन्यवाद दिएका हुन् । क्याप्टेन शेर्पाको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको फ्लाइट अप्रेशन डिपार्टमेन्टका प्रमुख एवम् प्रवक्ता रिञ्जी शेर्पाले बुद्ध एयरको विमानमा भएको प्राविधिक खराबीका विषयमा अध्ययन र छानविन हुने चेतावनी दिएका छन् । प्रवक्ता शेर्पाले भने, ‘बुद्ध एयरको जहाजको ल्याण्डिङ गियर किन खुलेन रु के भएको थियो रु त्यसबारेमा हामीले बुझ्ने छौँ । छानविन हुनेछ । अनुसन्धान गर्छौं । कसको दोष हो छानविन हुन्छ । कारबाही हुन्छ ।’

‘यो विषयलाई बुद्ध एयरले पनि आन्तरिक छानविन गर्नेछ । हामीले पनि छानविन र अनुसन्धान गर्नेछौँ’, प्रवक्ता शेर्पाले भने, ‘सत्यतथ्य बाहिर ल्याइनेछ ।’

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *