जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन नेपालमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । भारतमा आएको यास चक्रवातको असरका कारण नेपालका अधिकांश क्षेत्रमा पानी परिरहेको र यो क्रम सोमबारसम्म जारी रहने विभागले जनाएको हो । हाल देशमा यास चक्रवात उत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको हो । देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको हो । महाशाखाले शनिबार बिहान आगामी तीनदिनको मौसम सम्बन्धीत बुलेटिन सार्वजनिक गर्दै शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन÷ चट्याङ्ग÷ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । यस्तै प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको हो । यस्तै शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । लुम्बिनी प्रदेशका १÷२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने असरहरुबाट जोगिन महाशाखाले अनुरोध गरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *