संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुर्टेसले म्यानमारमा भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गर्नुभएको छ । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उहाँले बताउनुभयो । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुर्टेसको भनाइ छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ । तर, चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन । गत सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूचीसहित सबै प्रजातन्त्रवादी नेतालाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ । विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । यसैबीच म्यान्मार सेनाले सूचीसहितका नेता विरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै अब १५ फेब्रुवरीसम्म सूचीलाई हिरासतमै राखिने भएको छ ।
सम्बन्धित खवर

नेकपाको ओली समूहको बृहत् सभा शुक्रवार

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

हुलाकी राजमार्ग विस्तारको काम ६८ प्रतिशत मात्रै सम्पन्न

प्रदेश अधिवेशनमा मतदान नगरेकोप्रति शेखर कोइरालाले मागे क्षमा

थुनुवा आत्महत्या प्रकरण स् पूर्वमन्त्री महासेठ पनि दोषी भएको आरोप, महासेठविरुद्ध प्रदर्शन

विद्यार्थीहरुसंग अतिरित रकम असुल
Latest Posts from खोज खुलासा

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
