म्यानमारमाभएको सैनिक कू विरुद्ध सर्वसाधारण सडक प्रदर्शनमाउत्रनथालेका छन् । गएको सोमबार नेशनललीग फर डेमोक्रेसीका नेताआङ सान सू ची सहितका नेताहरुलाई सेनाले गिरफ्तार गरेपछि रिहाइको मागगर्दै शिक्षकतथाविद्यार्थी समेत आन्दोलितभएकाहुन् । म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनको एक विश्वविद्यालयमाभएको प्रदर्शनमा सहभागीले कपडामा रातो रिबनलगाएर सैनिक कू को विरोध गरेकाथिए । रातो रङ सू चीको पार्टीको रङ भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाछन् । सेनाले नेता सू ची सहितलाई गिरफ्तार गरि सत्ताहातमालिएको हो । सेनाले देशमा एक वर्षकालागि सङ्कटकाल समेत लागु गरेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *