अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यवस्तु फेला परेपछि नष्ट गरिएको हो । नुवाकोटको शिवपुरी गाउँपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरि फेला परेका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको हो । जिल्ला अनुगमन समितिको टोलीले शिवपुरी गापा ६ र ७ मा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको नेतृत्वमा बजार अनुमगन गरेको हो । बजार अनुमगनको क्रममा खाद्यान्न तथा किराना पसलहरुमा म्याद नाघेको अखाद्य बस्तूहरु फेला परेकोमा नष्ट गरिएको जनाएको हो । अनुगमन टोलीले स्थानीय जन–प्रतिनिधीको रोहबरमा उक्त अखाद्य वस्तूहरु जलाई नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *