नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिले १५ दिने मिथिला मध्यमा परिक्रमामा गरिने मोटरसाईकल परिक्रमाको कार्यक्रम स्थगन गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस संक्रमणले महामारीको रुप लिने त्रास र केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम कार्यक्रम स्थगन गरिएको नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटि सचिव रबिन्द्र कुमार सिंहद्वारा हस्तराक्षित विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिले यस वर्षको होली पर्वमा रंग र अबिर समेत प्रयोग नगर्ने निर्णय गरेको छ । यस अघि प्रत्येक वर्ष १५ दिने मिथिला मध्यमा परिक्रमामा मोटरसाईकलबाट १५ दिने बास स्थानको परिक्रमा गर्ने गरिएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *