गएरातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको रेडियो मेलम्चीको भवन भत्काएको छन् । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गएराति १२ बजेर ४० मिनेटमा रेडियोको भवन भत्काएको जानकारी दिनुभयो । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो भने सञ्चालन गरिएको थियो । अध्यक्ष भारतीका अनुसार रातिको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटिए क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गएराति नै सतर्क हुन अनुरोध गर्नु भएको थियो । खोलाबाट असार १ जतिकै आवाज आएको उहाँले बताउनुभयो ।
गएरातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिनुभएको जानकारी अनुसार बिहान ७ बजेर ४५ मिनेटमा बाढीले पुल बगाएको हो । मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीसाधन आवबतजावत बन्द भएको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *