सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढी पीडित राहत तथा पुनस्र्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्ण प्रसाद चौलागाईँले जानकारी दिनुभए ।

कोषमा वडाध्यक्ष कृष्ण प्रसाद चौलागाईले २६ हजार ७३० रूपैयाँ जम्मा गर्नुहुनेछ । कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८ सय ७० रूपैयाँ, वडा सदस्यसरू भिमसेन खतिवडा, खम्बासिं तामाङ्ग र शान्ती नेपालीले प्रतिव्यक्ति ९ हजार ९ सय रूपैयाँ कोषमा जम्मा गर्नुहुने हो। असार १ गते राति मेलम्ची खोला र ईन्द्रावती खोलामा आएको अकल्पनीय बाढीले मेलम्ची नगरपालिकाको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *