नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवम् मेयरका प्रत्यासी मनोज कुमार साहले बाढीले कटान गरेको नदी क्षेत्रको निरिक्षण गरेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपटटीको जलाद नदीले गरेको कटान क्षेत्रको उनले बुधवार निरिक्षण गरेका हुन । चुरे क्षेत्र हुंदै बग्दै आएको सो नदी कनकपटटीमा आएर पानीको स्तर बढदा नदीको दुवैतर्फको डिल कटान गरी पानी गाउंमा प्रवेश गर्ने गरेको छ । सो नदीमा बाढी आउंदा कनकपटटीको रामप्रित यादवसहित दर्जनौंको घर नदीले कटान गरेपछि त्याहां भय त्रासको वातावरण सिर्जना भएको छ ।

नदीको तिव्र बहावले यादवले भर्खरै निर्माण गरेको पर्खाल र शौचालय कटान गरि लगेको छ । सो नदीमा अविलम्ब तटबन्ध निर्माण गर्नु आवश्यक रहेको स्थानीयहरुको मांग रहेको छ । अहिले वर्षायाम बांकी नै रहेको र कुनै बेला पनि भिषण वर्षा हुन सक्ने सम्भावना भएकोले बाढी आई व्यापक अन्नबाली नोक्सान हुन सक्ने भएकोले अविलम्ब तटबन्ध निर्माण गर्नुपर्ने मांग स्थानीयहरुको रहेको छ । नदीको निरिक्षण गर्दै मेयरका प्रत्यासी समेत रहेका साहले समयमै तटबन्ध निर्माण हुन नसके किसानहरु व्यापक मारमा पर्ने भएकोले सम्बन्धित निकाय र जनप्रतिनीधिहरुको ध्यानाकृष्ट गराउने बताए ।

निरिक्षणका लागि नेता साहसंगै नेपाली कांग्रेस धनुषाका जिल्ला सदस्य रामप्रसाद साह , नेपाली कांग्रेसको तर्फबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका प्रत्यासी धर्मेन्द्र यादव लगायतका दर्जनौं स्थानीयहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *