२२ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेको छ । एसिड आक्रमणमा परेकी मुस्कानले एसिड हमलाविरुद्ध कडा कानून र सजायको लागि लबिङ गरेको भन्दै अमेरिकाले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेको हो, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद दिएको हो ।’वीरगञ्ज निवासी मुस्कानलाई २०७६ भदौमा विद्यालय जाँदै गर्दा अपराधीले एसिड प्रहार गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *