मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको बाम भन्ने ठाउँमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो । भने एक जना घाइते भएका छन् । मंगलबार हुम्लाबाट मुगु जाँदै गरेको लु १ ज ४१०२ नम्बरको जिप दुर्घटना हुँदा सहचालक हर्क बहादुर ऐडीको मृत्यु भएको हो । भने चालक दलबीर रोकाया गम्भीर घाईते हुनुभएको हो । हुम्लाको चंखेली घर भएका हर्क बहादुर ऐडीको मुगु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मुगुले जनाएको हो । मुगु जिल्लाको रुगाबाट हुम्ला जिल्लाको चंखेलीमा आउने क्रममा जिपको अगाडीकोे टायर खुस्किएर जिप सडकैमै पल्टिएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *