मिथिला बिहारी नगरपालिका सिरसियामा आइतबारदेखी खुल्ला पुरूष बीच भलिबल प्रतियोगिता शुरु भएको छ । मिथिला बिहारी नगरपालिका वाड न. ६ को आयोजनामा सञ्चालन प्रतियोगिताको नेपाली काँग्रेस धनुषा सभापति महेश शंकर गिरिले उद्घाटन गरे। प्रतियोगितामा २७ टिमको सहभागिता रहेको माँ लक्ष्मी युवा कमिटिका अध्यक्ष राम भरोस यादवले जानकारी दिए । प्रतियोगिताका विजेताले १५ हजार र उपविजेताले १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी र अनुशासित टिमका लागि समान ५/५ सय नगदसहित ट्रफी पुरस्कार प्रदान गरिने यादवले जानकारी दिए।उद्घाटन गर्दै सभापति गिरीले नेपाली काँग्रेसले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए ।

कार्यक्रममा पुर्व सांसद डा. चन्द्रमोहन यादव ,नेपाली काँग्रेस धनुषा उपसभापति सन्तोष यादव ,नेकपा धनुषा जिल्ला सदस्य गुरुदेव यादव ,मिथिला बिहारी नगरपालिका वाड न. १० का वडा अध्यक्ष ललित नारायण झा ,२ का वाडा अध्यक्ष सुरेश मण्डल ,नेपाली काँग्रेस मिथिला बिहारी नगरपलिका संयोजक राजेन्द्र यादव ,समाजवादी पार्टी नगर अध्यक्ष सित देवी यादव , माँ लक्ष्मी युवा कमिटिका अध्यक्ष राम भरोस यादव,विजय झा ,राजेन्द्र झा लगायतका नागरिक समाज ,युवा तथा खेलकुद प्रेमीहरुका उपस्थितिरहेका थिए भने प्रतियोगिताको उद्घाटन सत्रकों अध्यक्षता मिथिला बिहारी नगरपालिका वाडा न. ६ का अध्यक्ष राम प्रकाश यादबले गरेका थिए ।