धनुषाको मिथिला बिहारी नगरपालिकामा प्रदेश स्तरिय तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेनन्द्र कुमार यादवले शनिवार एक कार्यक्रमका बिच उदघाटन गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री यादवले अन्तराष्ट्रिय जगतमा पहिचान बनाउन र स्वस्थ जीवनका लागि खेल महत्वपूर्ण रहेको बताएका छन । प्रदेश सरकारले खेलकुदलाई प्राथामिकतामा राखेको जानकारी दिएका छन । उनले मानव जीवनलाई स्वस्थ बनाउन तथा ठाउँको पहिचानका लागि खेल महत्वपुर्ण रहेको बताउँदै बालबालिकालाई सानै उमेर देखि इच्चा अनुसार खेलमा आबद्ध गराउनुपर्ने बताए । देशको समग्र बिकासका लागि खेलको बिकास हुनु पर्ने बताउँदै कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन । मिथिला बिहारी ना.पा. ८ कचुरीमा झण्डा मेलाको उपलक्षयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा प्रदेश स्तरिय तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । भलिबलको प्रथम पुरस्कार एक लाख रहेको छ । भने दोस्रो पुरस्कार पचास हजार तथा तेस्रो पुरस्कार पचिस हजार रहेको छ । अब आउने वाला दिनमा खेलाडीहरुको लागि प्रदेश सरकारले पाँचलाख रूपया सम्मको पुरस्कार व्यवस्था गर्न उनले बताए । कार्यक्रममा मिथिलाविहारी नगरपालिका वडा नंं. ८ का वडाध्यक्ष जीवछ यादव , ललित यादव ,झण्डा मेलाका अध्यक्ष मनोहर यादव, सिता देवी यादव, विल्टु यादव, युवा नेता किसन साह लगायतका युवाहरुको विशेष सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *