महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आईतवार जनकपुरधामको अन्तरगृह परिक्रमा गरि विधिवत रुपमा सम्पन्न भएको छ । १३३ किलोमिटरको यात्रा गरी शनिवार जनकपुरधाम पुगेको राम–सीताको डोलासँगै पदयात्रा गर्ने हजारौं श्रद्धालुहरुले आईतवार अन्तरगृह परिक्रमा गरेका छन । परिक्रमामा सहभागीहरुलाई मिथिला एकता समाज धनुषा नेपालले निःशुल्क चुरा, मिठा तथा फलफूल वितरण गरेका छन । बिगतको वर्ष झै यस वर्ष पनि परिक्रमामा सहभागीहरुलाई निःशुल्क चुरा, मिठा तथा फलफूल वितरण गरिएको मिथिला एकता समाज धनुषा, नेपालका अध्यक्ष डि के चौधरीले बताएका छन ।


फागुन औंसीको दिन धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजीको डोलासहित माध्यमिकी परिक्रमा शुरु भएको थियो । परिक्रमाबासीहरु यस अवधिभरीको लागि आफ्नो गास, वास र कपासको व्यवस्था गरेर हिड्नुपर्दा ठूलो कष्ट झेल्नुपर्छ । अन्तरगृह परिक्रमा सकेपछि तराई–मधेसमा सोमवार होली मनाइने छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *