धनुषाको मिथिलाबिहारी नगरपालिकामा शुक्रवारदेखि कोभिड १९ महामारी नियन्त्रण अभियान संचालनमा ल्याईएको छ । नेपाली जनसम्पर्क समिति स्वीडेन र नेपाली कँग्रेस तरूण विभागको सहयोगमा विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । मिथिला बिहारी नगरपालिका वाडा नं.३ बाट शुरु भएको जनचेतनामूलक कार्यक्रम नगरपालिकाको सबै वडामा संचालनमा आउने कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस तरूण विभाग प्रदेश नं.२ संयोजक रामपल्टन साहले बताएका छन ।

नेपाली कांग्रेस वडासभापति योगेन्द्र मंडलको संयोजकत्वमा भएको सो कार्यक्रममा मिथिला बिहारी न.पा.वाडा नं.३का वाडा अध्यक्ष कृष्ण कु.वसन्त , दलित नेता रामप्रित दास सहयोगी हेल्थ असिस्टेन्ट हरिनारायण मंडल,अनोज दास, सरोज कु.साह,मो. ईमतियाज र सहायकमा दसरथ खतबे,धिरेन्द्र कु. मंडल, राकेश कु. ठाकुर,गुडु झा, तमना राईन,जगमोहन साह, रामअबतार खतबे लगायतका व्यतिmहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *