जनकपुरधाम, फागुन १५ गते अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चारविज्ञ लक्ष्मणदत्त पन्तलाई चयन गरिएको छ । शनिवार काठमाण्डौमा समपन्न मिडिया एक्सन नेपालको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्य समिति चयन गरिएको छ । त्यसैगरि, उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पाकार, कोषध्यक्षमा दिपा केसी,सदस्यहरुमा यम बहादुर दुरा, गाणेश प्रसाद घिमिरे र आशिष मिश्रलाई चयन भएका छन् । त्यसैगरि, संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदीस खुद्दार, बागमतिमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदुरपश्चिममा उमाकान्त जोशीलाई चयन भएका छन् । त्यसैगरी, संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की रहेका छन् ।त्यसैगरी मानार्थ सदस्यमा अन्तराष्ट्रिय विज्ञहरुलाई राखिएको छ । दुबईको खालिफा विश्वविद्यालयकी डा.सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभसिंटी अफ पिस भेनेजुयलाका डा.मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन् । मिडियालाई स्वतन्त्र र उत्तरदायी बनाउन अध्ययन अनुसन्धानमा जोड दिन्छौ ः अध्यक्ष पन्त मिडिया एक्सन नेपालका नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनुपर्ने मान्डेट सहित अघि बदेकाले सोही अनुसार विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्तका कार्यक्रमलाई निरन्तता दिने बताए । मिडिया क्षेत्रको निती निर्माणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै छलफल तथा अध्ययन अनुसन्धानमा जोड दिने अध्यक्ष पन्तले बताए ।यसैबीच, मिडिया एक्सन नेपालको दोस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपनेमा जोड दिए । उनले मिडियाबाट हुने कमी कमजोरीलाई आत्मसाथ गर्दै सुधार गर्नुपर्ने बताए । यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था त छँदैछ त्यसबाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्ने बताए । मिडिया एक्सन नेपालले पछिल्लो समयमा गरेको मिडिया सम्बन्धी अनुसन्धानले यस क्षेत्रमा सुधार ल्याउन सहयोग पुगेको उनले बताए । त्यसैगरी, प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भएपनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताए । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचना मात्र नदिई कहिलेकाहीं समाजमा झनै त्रास फैलाउने गरेको बताए । कोरोना महामारीका बेला अनेक खालका मनोमानी हिसाबले सूचना दिंदा नागरिक त्रसित बनेको भन्दै इन्फोडेमिकको शिकार हुन पुगेको प्रसंग उनले सुनाए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *