शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५ सय ४४ जना शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिनेछ । यस्तै माघ ६ गतेसम्म बिलम्ब शुल्कमा पनि परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापन अनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुने विज्ञापनमा उल्लेख छ । परीक्षा आवेदन फाराम अनलाइनबाट समेत भर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *