कूल ४७.२ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ भने अस्ति ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरिएको थिए । आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोंगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर र त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारबाट औपचारिक रूपमा बिजुली उत्पादन गर्ने भएको हो । कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले सीआईएनसँग बताउनुभए । उहाँका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम हो । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेका छन् । आयोजनाले आइतबार मात्रै विद्युतगृह रहेको गोंगरदेखि खिम्तीसम्मको जोडिने प्रवक्ता न्यौपानेले जानकारी दिनुभए । नेपाली नागरिकले १० वर्षदेखि देखेको सपना सोमबार पूरा हुन लागेको उहाँले प्रतिक्रिया दिनुभए । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना ५ वर्षमा सक्ने भिनए पनि ११ वर्षमा पूरा भएको छ । यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने तयारी गरिएको हो । आयोजनाको सुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याज लगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँको हाराहारीमा पुगेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *