नेकपा (माओवादी केन्द्र) ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ सांगठानिक संरचनमा जाने भएको हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व हुने हो । त्यस्तै सबै समितिका पदाधिकारीमा १ जना महिला अनिवार्य राखिने हो । २० प्रतिशत युवाको अनिवार्य उपस्थि गराइने छ भने केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको हो । माओवादी केन्द्र बहुपदाधिकारी प्रणालीमा जाने पनि नेता श्रेष्ठले जानकारी दिनुभयो ।

  • 518
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *