नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनमा अझैँ समय लाग्ने भएको छ । पदाधिकारीको टुङ्गो लगाउन शुक्रबारका लागि तय भएको केन्द्रीय समिति बैठक अनिश्चतकालका लागि स्थगित भएसँगै पदाधिकारी चयनमा ढिलाइ हुने भएको हो । पदाधिकारी चयन लगायत समसामयीक राजनीतिक विषयमा छलफल गर्न शुक्रबारका लागि बोलाइएको बैठक कोरोनाको सङ्क्रमण जोखिमको कारण अनिश्चतकालका लागि स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभए । गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौँमा चलेको आठौँ महाधिवेशन २ सय ३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै सकिए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका पदाधिकारीको टुङ्गो भने लाग्न सकेको छैन । माओवादीको शक्तिशाली मानिएको महासचिव पदमा वर्षामान पुन, पम्फा भुसाल, जनार्दन शर्मा लगायतका नेताले इच्छा देखाएपछि पदाधिकारी चयनमा अध्यक्ष प्रचण्डलाई दवाव छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *