जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले करोडौं मूल्य बराबरको जग्गा दान गरेका छन् । नगरपालिकाको भवन निर्माणका लागि मेयर साहले जग्गा दान गरेका हुन् । उनले आफ्नी आमा फुल्ली सुडीको नाममा वडा नम्बर ५ मा रहेको १० कठ्ठा १९ धुर जग्गा आइतबार नगरपालिकाको नाममा पास गरेका छन् । केहि दिनअघि मेयर साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै नगरपालिका कार्यालयको लागि जग्गा दिने घोषणा गरेका थिए । दान गरेको सो जग्गाको हालको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *