नेपाल महिला संघ धनुषाले आईतवार नेकपा सरकारको महिला विरोधी विभेदपुर्ण विधेयक विरुद्ध जनकपुरमा विरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयबाट निस्केको विरोध प्रर्दशन मुरली चोक , राम चोक हुंदै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै वतmाहरुले नागरिकता ऐन संशोधन बिधेयक खारेज गर्नुपर्ने मांग गरे । वतmाहरुले विधेयकले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताउंदै सात वर्षे प्रावधानले नेपाली बुहारीहरुमाथि अन्याय हुने कुरामा जोड दिए । उनीहरुले संशोधन विधेयकले नेपाली बुहारीहरुमाथि राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरे ।

नेपाल महिला संघ धनुषा उपाध्यक्ष सुनिता सिंहको अगुवाईमा भएको सो कोण सभामा महिला नेतृ अनिता श्रीवास्तव , निलम कर्ण , सम्झना वर्मा , सहितका वतmाहरुले आ—आफनो धारणा राखेका थिए । विरोध जुलुशमा नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , सचिव विशेश्वर यादव , धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैयालाल कर्ण , जनकपुरधाम नगर सभापति एवम् जनकपुरधाम उपमहानगरपालिका मेयरका प्रत्यासी मनोज साह , प्रफुल्लराज घिमिरे , गणेश तिवारी , नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रवेश चौधरी , नेपाली कांग्रेस महिला नेतृहरु सरस्वती मंडल , गीता भण्डारी , किरण झा , सिता श्रेष्ठ , रिंकु साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *