स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । गएराति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामाग्रीहरु सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको हो । यो बिमान बिहिवार दिउँसो साढे १२ बजे काठमाडौँ अवतरण गर्नेछ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी गर्नु भएको हो । राजदूतसँगै नेपाल उडेका अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहिवार नेपाल सरकारलाई हस्तान्तरण गर्नुहुनेछ । यसअघि सहयोगका लागि अनुरोध गर्दै दूतावासले स्पेनको परराष्ट्र मन्त्रालय,स्वास्थ्य मन्त्रालय र निजि क्षेत्र चेम्बर अफ कमर्सलाई पनि पत्राचार गरेको थियो । आइवेरिया एयरलाइन्सको चार्टर्ड विमानबाट नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता ल्याउने स्पेनको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *