मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।विहिबार जिल्ला सहकारी संघ लि धनुषाका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरियोधका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादव रहेको थियो ।प्रमुख अतिथिकै आसनबाट राज्यमंत्री यादवले भने ,जुन देशमा सहकारी छ ।त्यहाँ गरिबीको अन्त छ। जहा सहकारी छैन त्यहाँ भुकमरी ,गरिबी रहेको उनले बताए ।त्यसैगरी विशिष्ठ अतिथिमा प्रदेश २ का प्रदेश सांसद राम अशिष यादव , सांसद प्रमेश्वर साह , शिवचन्द्र चौधरी,अथितिमा जिल्ला समन्वय समितिका धनुषा अध्यक्ष राम देव बनरैत,समाजसेवी अमर चन्द्र अनिल ,समाजसेवी पवन सिन्घनिया,हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डल ,सबैला नगरपालिकाका मेयर विजय शंकर साह, नेपाली काँग्रेसका धनुषा उप सभापति सन्तोष यादब, नेपाली काँग्रेसकाधनुषासचिब विशेस्वर यादब, प्रमोद छिटान, हरेराम यादब(नथुनी) सहितका व्यक्तिहरु रहेको थिए ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक साप्ताहिक कार्यक्रमका संयोजक प्रदेश २ का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार र राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको छ ।उक्त कार्यक्रममा वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक जय नाथ मण्डल ,ओम शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक भोगेन्द्र मण्डल ,रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक मनमोहन ठाकुर ,बिनिता यादव ,रेखा मण्डलसहितका सहकारीकर्मीहरु सम्मानित भएका छन्।जिल्ला भरीका सहकारीका संचालकलगाइत विभिन्न क्षेत्रमा योगदान पुरियाएका करिब २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।सो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ लि. धनुषाका उपाध्यक्ष बिनोद प्रसाद रोहिताले राखेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *