मन्त्रिपरिषद्ले पर्सि पूर्णता पाउने भएको हो । मन्त्रीपरिषद् विस्तारका लागि सत्तारुढ दलहरू छलफलमै व्यस्त भएकोले पर्सिसम्ममा पूर्णता दिने तयारी भएको सत्तारुढ दल नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभए । सोमबार सम्ममा विस्तार गर्ने तयारी गरेको भए पनि आजै विस्तारको सम्भावना कम देखिएको उहाँको भनाइ हो । मंगलबार कसैले पनि मन्त्रीको नाम नदिने मान्यता रहेका कारण पनि पर्सि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको नेता विश्वकर्माले बताउनुभए । मन्त्रीपरिषद् विस्तारका लागि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *