मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गरिन लागेको हो ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रियाका सूचना जारी गरेका छन् । सूचनामा विषयगत संसदीय समितिहरु सभापतिका लागि उम्मेदवारी दर्ता गराउन सचिवालयले आह्वान गरिएको छ ।
जारी गरिएको सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४९ को उपनियम ९३० अनुसार माघ २४ मा सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जनाइएको छ । प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने कानूनी व्यवस्था रहेको छ ।
